राहत बाँड्दा तुइन चढ्न नपाएर फर्किनुपर्ने अवस्था छ : सांसद् पूर्णप्रसाद लिम्बू
ratopati.com · Sun Sep 20 04:18:24 GMT 2026

पूर्वब्रिटिस गोर्खा सैनिक पूर्णप्रसाद लिम्बू ‘फूलटाइमर’ राजनीतिज्ञ होइनन् । उनी समाजसेवा, गीत लेखन र अभिनयको दुनियाँमा रमाइरहेका थिए । रुचिले राजनीतिमा लागेका उनी श्रम संस्कृति पार्टीसँग जोडिए । छोटो समयमै सांसद् बनौँला भन्ने नसोचेका उनी प्रतिनिधि सभाको समानुपातिकतर्फ संखुवासभा जिल्लाबाट सांसद बने ।
२८ वर्ष ब्रिटिस गोर्खा सेनामा सेवा गरेका लिम्बू २०६४ मा क्याप्टेन पदबाट अवकाश पाएपछि यत्तिकै बसेनन् । अवकाशपछिको जीवन गोर्खा वेलफेयरमा अफिसर भएर खानेपानी, स्वास्थ्य र शिक्षा क्षेत्रमा योगदान पुर्याए । रसुवा महाविपत्तिपछि प्रभावित जिल्लाहरूमा राहतका लागि उनी निरन्तर खटिरहेका छन् । सिंहदरबारमा हिंड्दा–हिंड्दै रातोपाटीको सांसद्सँग स्तम्भका लागि उनी बोल्न तयार भए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)