मनोज पाण्डे भारतीय सेनाका नयाँ प्रमुख
nayapatrikadaily.com · Mon Apr 18 16:23:00 GMT 2022
भारतीय सेनाको नयाँ सेनाप्रमुखमा वर्तमान उपसेनाप्रमुख मनोज पाण्डे नियुक्त हुन लागेका छन् । पाण्डे हाल पूर्वी कमान्डरका रूपमा कार्यरत छन् । उनी भारतीय सेनाको नेतृत्व गर्न लागेका इन्जिनियर्स कोरका पहिलो कमान्डर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पाण्डे भारतीय सेनाका २९औँ प्रमुख हुनेछन् ।
भारतीय सेनाप्रमुख मनोज मुकन्द नरवणे १८ वैशाखदेखि सेवा निबृत्त हुँदैछन् । सेनाप्रमुखका रुपमा पाण्डेले १८ वैशाखबाट कार्यभार सम्हाल्नेछन् । भारत सरकारको मन्त्रिपरिषद् बैठकले सोमबार पाण्डेलाई १९ वैशाखबाट लागू हुने गरी सेनाप्रमुख नियुक्त गर्ने निर्णय गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)