‘टनेल २६’ असोज २३ मा नेपाल र भुटानमा एकसाथ प्रदर्शन हुने
ratopati.com · Sun Sep 20 04:23:48 GMT 2026

काठमाडौँ । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको जम्बी हरर चलचित्र ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ आगामी अक्टोबर ९ अर्थात् असोज २३ गते नेपाल र भुटानका हलमा एकसाथ प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले फिल्मको फष्टलुक्सको रूपमा एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शनबारे जानकारी दिएको हो ।
संगय छेल्ट्रिम फिल्म्स र पिक एक्सभी स्टुडियोजको ब्यानरमा निर्माण भएको चलचित्रमा चौधरी ग्रुपका निर्वाण चौधरी, अभिनेता प्रदीप खड्का, भारतीय फिल्ममेकर प्रशान्त कुमार गुप्ता, भुटानी अभिनेता–निर्माता संगय छेल्ट्रिम तथा दोर्जी वाङ्चुकसहित विभिन्न निर्माताको सहकार्य रहेको छ। चलचित्रलाई भुटानको शाही सरकारअन्तर्गतको मिडिया, क्रिएटिभ इन्डस्ट्री तथा इन्टेलेक्चुअल प्रोपर्टी विभागले समेत सहयोग गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)