विश्वभर चिकित्सकको संख्या बढे पनि उपचारको संकट कायमै
nepalsamaya.com · Sun Sep 20 04:22:00 GMT 2026

काठमाडौं- विश्वभर चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीको संख्या पछिल्लो दुई दशकमा उल्लेख्य रूपमा बढेको भए पनि सबै देशका नागरिकले समान रूपमा स्वास्थ्य सेवा पाउने अवस्था भने बन्न सकेको छैन। बरु स्वास्थ्य क्षेत्रमा अहिले दोहोरो चुनौती देखिएको छ। एकातिर गरिब तथा विकासोन्मुख देशमा स्वास्थ्यकर्मीको ठूलो अभाव छ भने अर्कोतिर सम्पन्न देशमा ठूलो संख्यामा चिकित्सक अवकाशको उमेरनजिक पुगेका छन्।
विश्व स्वास्थ्य संगठनको नयाँ प्रतिवेदन ‘राष्ट्रिय स्वास्थ्य जनशक्ति लेखा : स्वास्थ्य जनशक्तिको स्तर र प्रवृत्ति २०२६’ मा विश्वभरको स्वास्थ्य जनशक्तिको अवस्थाको विस्तृत मूल्याङ्कन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)