भारतलाई पछि पार्दै इङ्गल्यान्ड टी–२० विश्व वरीयताको शीर्ष स्थानमा
canadanepal.com · Sun Sep 20 04:20:48 GMT 2026
लन्डन -श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय खेलमा ८ विकेटको शानदार जित निकाल्दै इङ्गल्यान्डले तीन खेलको शृंखला ३–० ले ‘क्लीन स्विप’ गरेको छ।
ओल्ड ट्राफोर्डमा आइतबार भएको खेलमा श्रीलंकाले दिएको १२५ रनको लक्ष्य इङ्गल्यान्डले ९.४ ओभरमै २ विकेट गुमाएर पूरा गर्यो। यो जितसँगै इङ्गल्यान्डले भारतलाई पछि पार्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अन्तर्राष्ट्रिय वरीयताको शीर्ष स्थानमा उक्लिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)