काठमाडौंका विभिन्न क्षेत्रमा आजदेखि १० दिनसम्म बिजुली कटौती हुने
nepalsamaya.com · Sun Sep 20 04:26:34 GMT 2026

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले टेकु सबस्टेसनमा पुराना रिले हटाएर नयाँ रिले जडान तथा परीक्षण गर्नुपर्ने भएकाले काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुने जनाएको छ।
प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसनको ११ केभी प्यानलमा रिले रेट्रोफिट, एसएएस जडान तथा परीक्षणको काम गर्न लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)