जेनजी आन्दोलनमा जलेको भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउँदै
ratopati.com · Sun Sep 20 04:32:57 GMT 2026

काठमाडौँ । जेनजी आन्दोलनमा आगजनीमा परेको भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउँदै छ । प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार सोमबार बिहान १० बजेदेखि टंगाल स्टोर औपचारिक रूपमा ग्राहकका लागि खुल्ने भएको हो ।
कम्पनीले गत वर्षको जेनजी आन्दोलनमा आगजनीबाट ध्वस्त भएका १२ वटा स्टोरमध्ये १० वटा स्टोरलाई छोटो समयमै पुनः सञ्चालनमा ल्याउन सफल भएको छ । बाँकी दुईवटा स्टोर (दमक र हेटौँडा) को पुनःनिर्माण अन्तिम चरणमा रहेको र छिट्टै सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)