गुड्दै गरेको हाईसमा अचानक आगलागी
kendrabindu.com · Sun Sep 20 04:33:06 GMT 2026

बर्दिया । गुड्दै गरेको ईभी हाईसमा अचानक आगलागी भएको छ । कोहलपुरदेखि कैलालीतर्फ गइरहेको अवस्थामा बर्दिया नगरपालिका–७ रम्तापुरस्थित ईभी हाईसमा आइतबार बिहान पौने ७ बजे आगलागी भएको हो ।
फोटोअनुसार कम्पनीको सु.प.प्र. ०१–००२ ज ४३३ नम्बरको ईभी हाईसमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ । उक्त ईभी हाईस कैलाली धनगढी उपमहानगरपालिका–३ का ३८ वर्षीय नरेन्द्र नेगीले चलाएका थिए । ईभी हाईसमा चालक र सहचालक मात्र रहेकाले कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)