‘युवाका आशा पूरा गर्न लागेका छौँ’
gorkhapatraonline.com · Sun Sep 20 04:35:55 GMT 2026

गत वर्ष भदौमा भएको जेनजी आन्दोलनपछि गण्डकीमा संविधान दिवस मनाइएन । आन्दोलनको एक वर्षपछि पुनर्निर्माण, सुशासन र समृद्धिलाई एजेन्डा बनाएको गण्डकी प्रदेश सरकारले शनिबार संविधान दिवस मनाएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आयोजित मूल समारोहमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुशासनलाई मूल मन्त्र बनाएर सरकार अघि बढिरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “चालु खर्च कटौती, कार्यालय समायोजन, दरबन्दी कटौती र व्यवस्थापनमार्फत गण्डकी प्रदेश सरकारले मितव्ययी शासन प्रणालीलाई अङ्गीकार गर्दै आएको छ । यी पहल प्रशासन सुधारका लागि मात्र नभई युवापुस्ताको आशा र विश्वास पूरा गर्न, प्रदेशको समुन्नतिका लागि लिइएका हुन् ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)