नेपालमा दर्शकको मन जितेको ‘हली’ बेलायतमा प्रदर्शन हुँदै
kalakarmi.com · Sun Sep 20 04:37:58 GMT 2026

काठमाडौं- नेपालमा सफलतापूर्वक प्रदर्शन भइसकेको सामाजिक विषयवस्तुमा आधारित नेपाली फिल्म ‘हली’ अब बेलायतमा पनि प्रदर्शन हुने भएको छ । जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा निर्माण भएको यो फिल्म आगामी असोज ४ गते बेलायत (युके) को अल्डरशटस्थित ‘प्रिन्सेस हल’ मा विशेष प्रदर्शनीका रूपमा देखाइने भएको हो ।
बेलायतस्थित आयोजक संस्था सपन इन्टरटेनमेन्ट लिमिटेडका अनुसार प्रदर्शनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ। युकेमा रहेका नेपाली दर्शकहरूलाई लक्षित गर्दै त्यहाँका दर्शकलाई ‘हली’ को कथासँग जोड्न यो विशेष प्रदर्शनी आयोजना गर्न लागिएको निर्माताद्वय पूजा गुरुङ र जस्मिन श्रेष्ठले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)