पर्यटकीय पूर्वाधारबाट बढ्दै आम्दानी
gorkhapatraonline.com · Sun Sep 20 04:43:35 GMT 2026

तानसेनका पर्यटकीय पूर्वाधारबाट आम्दानी हुने क्रम बढ्दै गएको छ । रानीमहल, पाल्पा दरबार सङ्ग्रहालय, श्रीनगरडाँडा जस्ता पर्यटकीय पूर्वाधारबाट तानसेन र लुम्बिनी प्रदेश सरकारले आम्दानी गरेको हो ।
पर्यटकको सङ्ख्यामा वृद्धि हुँदा स्थानीय र प्रदेश सरकारलाई त्यस्ता पूर्वाधारबाट आम्दानी गर्न सहयोग पुगेको हो । पछिल्लो समय लगानी र प्रचारप्रसार राम्रो हुँदा प्रवेश शुल्क, पार्किङ शुल्कबाट हुने आम्दानीमा वृद्धि भएको तानसेन नगरपालिकाले जनाएको छ । सूचना अधिकारी भरतप्रसाद आचार्यले जिल्लाको महत्वपूर्ण ऐतिहासिक पर्यटकीय स्थल रानीमहलबाट तानसेन नगरपालिकाले हरेक वर्ष आम्दानी वृद्धि गरेको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)