करिब २० क्विन्टल लागुपदार्थसहित दुईजना
annapurnapost.com · Sun Sep 20 04:39:35 GMT 2026

काठमाडौं : सप्तरीबाट करिब २० क्विन्टल गाँजाजस्तो देखिने पदार्थसहित दुईजना पक्राउ परेका छन्। सप्तरी डाक्नेश्वरी नगरपालिका -६ फतेपुर टोलमा भण्डारण गरी राखिएको अवस्थामा करिब २० क्विन्टल (२ हजार केजी) गाँजाजस्तो देखिने पदार्थ बरामद भएको हो ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले भोला सदा र मंगल मुखियाको घरमा खानतलासी गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)