भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, बाढीपछि बङ्गलादेशतर्फको निर्यात रोकियो
bishowkhabar.com · Sun Sep 20 04:43:45 GMT 2026

काठमाडौं– नेपालले गत भदौ महिनामा भारत र बङ्गलादेशतर्फ ५ अर्ब ९ करोड २४ लाख रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार भदौमा भारत र बङ्गलादेशतर्फ कुल ५६ करोड ५६ लाख ६ हजार ४४३ युनिट विद्युत् बिक्री गरिएको हो । द्विपक्षीय सम्झौता तथा विद्युत् बजारमार्फत उक्त विद्युत् बिक्री गरिएको प्राधिकरणले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)