काठमाडौँबाट फरार कैदी झापाको दमकमा पक्राउ
gorkhapatraonline.com · Sun Sep 20 04:50:14 GMT 2026

जेनजी आन्दोलनका क्रममा काठमाडौँको केन्द्रीय कारागार, जगन्नाथदेवल सुन्धाराबाट फरार भएका एक कैदीलाई प्रहरीले झापाको दमकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ हुँसेसाँगुका २७ वर्षीय राजकुमार लिम्बू रहेको प्रहरीले जनाएको छ ।
जबरजस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका लिम्बू गत वर्ष भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए । फरार भएपछि दमक नगरपालिका–६ मा लुकिछिपी बस्दै आएको अवस्थामा उनलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शनिवार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता रन्जन अवाले बताउनु भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)