धनकुटाको बञ्चरेमा सुमो दुर्घटना : एकजनाको मृत्यु,१० घाइते
annapurnapost.com · Sun Sep 20 04:49:04 GMT 2026

धनकुटा : छथर जोरपाटी गाउँपालिका वडा नं ३ बन्चरेमा सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । आइतबार बिहान करिब ८:१५ बजे काजीमानेबाट धनकुटातर्फ आउँदै गरेको को १ ज २४९४ नम्बरको सुमो काजीमाने–धनकुटा भित्री सडकखण्डमा ब्रेक फेल भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । दुर्घटनामा छथर जोरपाटी गाउँपालिका–३ की ६० वर्षीया शोकमाया लिम्बूको घटनास्थलमै मृत्यु भएको छ ।
घाइतेमध्ये सुमो चालक धनकुटा नगरपालिका–९ गुठीटारका ३१ वर्षीय खगेन्द्र खत्रीको शरीरका विभिन्न भागमा चोट लागेको छ । यस्तै धनकुटा नगरपालिका–४ की ४० वर्षीया धनमाया राईको टाउकोमा चोट लागेको छ भने उनका ७ वर्षीय छोरा न्युहाङ सुब्बाको हातमा चोट लागेको छ । धनकुटा नगरपालिका–४ का ३३ वर्षीया पुनम लिम्बू सामान्य घाइते भएकी छन्। उनकी २ वर्षीया छोरी आरध्या लिम्बूको मुखमा चोट लागेको छ। सोही स्थानका २६ वर्षीय आइन्द्र लिम्बूको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)