पुराण वाचनमा पास हुने पण्डितलाई प्रमाणपत्रको व्यवस्था
ratopati.com · Tue Jan 21 19:29:00 GMT 2025

काठमाडौं । पुराणका कथा वाचन गर्ने पण्डितको परीक्षा लिएर प्रमाण पत्र दिने गरी व्यवस्था गर्न लागिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, सनातन विद्वत् परिषद्, कथा व्यास समाज र हिन्दू जागरण नेपालले संयुक्त रुपमा पुराणवाचकलाई प्रमाण पत्र दिने गरी व्यवस्था गर्न लागेको जनाएका छन् । धार्मिक क्षेत्रले समाजलाई स्वधर्मनिष्ठ र मर्यादित बनाउने उद्देश्य राख्ने र यसकै लागि कथा सत्सङ्ग, प्रवचन, पुराणवाचन आदि हुन्छन् । पुराण श्रवण गरेरै मानिसले आफूलाई आध्यात्मिक शिक्षा लिएर कल्याण गरेका हुन्छन् ।
पुराण सुनेरै दुराचार, भ्रष्टाचारआदि अपराधबाट आफूलाई जोगाउने गरेको कथावाचक एवं हिन्दू जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्याय बताँछन् । पुराण सुनेरै मानिस सदाचारतिर लाग्ने गरेको उनको अनुभव छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)