म्याड्रिडको उत्तरमा लागेको डढेलोले १२ हजार हेक्टर जङ्गल विनास
barnanmedia.com · Sun Jul 19 15:26:21 GMT 2026

म्याड्रिडबाट १०० किलोमिटर उत्तरतर्फ फैलिएको भीषण डढेलोले १२ हजार हेक्टरभन्दा बढी क्षेत्र जलेर नष्ट गरेको छ । सयौँ मानिसहरूलाई सुरक्षित स्थानमा सार्नुपरेको स्थानीय अधिकारीहरूले आइतबार जानकारी दिएका छन्।
गत बिहीबार ग्वाडालाजारा प्रान्तमा सुरु भएको यो आगो सिएरा नोर्टे प्राकृतिक निकुञ्जसमेत रहेको क्षेत्रमा फैलिएको हो। हालसम्म कुनै मानवीय क्षति भएको छैन, तर क्षेत्रीय अध्यक्ष एमिलियानो गार्सिया पेज र स्थानीय अधिकारीहरूले यसलाई नियन्त्रण गर्न ‘कठिन’ डढेलो बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)