साउनमा डेढ वर्षयताकै उच्च महँगी, मुद्रास्फीति ५.९६ प्रतिशत पुग्यो
ajakoartha.com · Sun Sep 20 04:55:00 GMT 2026

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा महँगी उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत पुगेको छ।
यो पछिल्लो डेढ वर्षयताकै उच्च मुद्रास्फीति हो। यसअघि २०८१ मंसिरमा मुद्रास्फीति ६।०५ प्रतिशत पुगेको थियो। गत आर्थिक वर्षको साउनमा भने मुद्रास्फीति १.६८ प्रतिशत मात्रै थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)