नमुना मतदानमा ७७% सम्म मत बदर
nayapatrikadaily.com · Thu May 12 00:14:00 GMT 2022
शुक्रबार हुने मतदानमा विगतका निर्वाचनमा भन्दा मत बदर दर झन् बढ्ने जोखिम देखिएको छ । निर्वाचन आयोगले जिल्लाहरूमा गरेको नमुना मतदानमा देखिएको बदरको ‘ट्रेन्ड’ले धेरै मत खेर जाने संकेत गरेको हो । जिल्लाका निर्वाचन अधिकृत, न्यायाधीश, सरकारी कर्मचारी, सञ्चारकर्मी, दलका प्रतिनिधि र उम्मेदवार स्वयं मतदाता बनेका नमुना मतदानमै ७७ प्रतिशतसम्म मत बदर भएको छ ।
रसुवा सदरमुकाम धुन्चेस्थित रसुवा मावि मतदान केन्द्रमा मंगलबार भएको नमुना मतदानमा ३१ मत खसेकोमा सात मत मात्रै पूर्ण सदर भएका छन् । एउटा पूर्ण र २३ मत आंशिक बदर भएका छन् । बदर मत कुल खसेको मतको ७७ प्रतिशत हो । छैटौँ लहरमा खुला सदस्यलाई दिएका अधिकांश मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)