मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नक्कली सौन्दर्य  सामग्री उत्पादन गर्ने  कारखानामा प्रहरीको छापा,  सञ्चालक चेतन गोयल पक्राउ

nayapatrikadaily.com · Wed Apr 07 00:11:00 GMT 2021

भारतमा बनेको भन्दै गैरकानुनी तवरले सौन्दर्यवद्र्धक सामग्री उत्पादन गर्ने कारखानामा प्रहरीले छापा मारेको छ । चन्द्रागिरि नगरपालिका– १५ स्थित ढुंगेअड्डामा खोलिएको कारखानामा छापा मार्दै प्रहरीले सञ्चालक चेतन गोयललाई पक्राउ गरेको छ ।

नक्कली सामग्री उत्पादन गरेकै अभियोगमा गोयललाई प्रहरीले दुई वर्षअघि पनि पक्राउ गरेको थियो । त्यसवेला जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दुई लाख ५० हजार रुपैयाँ धरौटी बुझाएपछि उनी छुटेका थिए । प्रहरीका अनुसार धरौटीमा छुटेलगत्तै उनले करिब डेढ करोड रुपैयाँ लगानीमा कारखाना खोली गैरकानुनी तवरले नक्कली सौन्दर्यवद्र्धक सामग्री उत्पादन गर्दै आएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)