शिक्षकको परीक्षा रद्द
gorkhapatraonline.com · Sun Sep 20 05:01:17 GMT 2026

प्रधानाध्यापकको बहिनीलाई शिक्षक पदमा उत्तीर्ण गराएपछि छनोट प्रक्रिया रद्द गरिएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका–६, देउरालीस्थित दुर्गा भवानी माध्यमिक विद्यालय प्रअ प्रेमबहादुर खत्रीको सहोदर बहिनी छनोटमा परेपछि परीक्षा प्रक्रिया रद्द गरिएको गाउँपालिकाले जनाएको छ ।
यही भदौ २७ गते प्रावि तह तृतीय श्रेणीको करार शिक्षक पदका लागि भएको परीक्षामा छनोट समितिका सदस्यसचिव रहनुभएका खत्रीको दुई बहिनीसमेत सहभागी हुनुभएको थियो । परीक्षामा ४१ जना सहभागी भएकोमा पहिलो पत्र (वस्तुगत प्रश्नपत्र) को परीक्षामा खत्रीका दुई बहिनी मात्र उत्तीर्ण भएपछि विवाद भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)