न सासको खबर आयो, न शव भेटियो : तीन सातापछि १० बेपत्ताको कुशको शव बनाएर दाहसंस्कार
kalakarmi.com · Sun Sep 20 05:03:22 GMT 2026

मुगु- आफ्ना नागरिक बेपत्ता भएको तीन साता बित्दा पनि राज्यले उनीहरू कहाँ छन् भनेर परिवारलाई जवाफ दिन सकेन । रसुवाको बाढीमा परी बेपत्ता भएका जुम्लाको पातारासी गाउँपालिका-५ माथिल्लो लोर्पा गाउँका १० जनाको शनिवार कुशको शव बनाएर सामूहिक दाहसंस्कार गरिएको छ ।
जिउँदा छन् कि छैनन् भन्ने यकिनसमेत गर्न नसकेको राज्यको प्रतीक्षा गर्दागर्दै परिवारले आफैं अन्तिम संस्कार गर्नुपर्ने अवस्था आएको हो । गत भदौ १० गते रसुवामा आएको बाढीका क्रममा टनेल नम्बर २१६ बाट उनीहरू बेपत्ता भएका थिए । त्यसयता परिवारले खोजी र उद्धारको आशा गरेर दिन गने। तर समय बित्दै गयो, आफन्तको कुनै अत्तोपत्तो भएन । न सासको खबर आयो, न शव भेटियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)