पूर्णबहादुरले कांग्रेस महाधिवेशनको कुनै पनि प्रक्रियामा भाग नलिने
himalpress.com · Sun Sep 20 05:02:20 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेस महाधिवेशनको कुनै पनि प्रक्रियामा भाग नलिने भएका छन्। उनले नैतिकताको प्रश्न भन्दै उनले महाधिवेशनमा भाग नलिने भएका हुन्।
‘प्रतिनिधिसभाको निर्वाचनमा मेरो उम्मेदवारी भएन, त्यसको मुल कारण थियो विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति र कार्यसमिति कानुनतः, पार्टीको बिधानको प्रबन्ध, राजनितीक दल सम्बन्धि ऐन, निर्वाचन आयोगको विगतमा राजनीतिक दलको विवाद निरुपण गर्दा स्थापित नजिर को विपरीत भएको दाबी सहित हामी सर्वोच्च अदालतमा न्यायका लागि गएको अबस्थामा सभापति गगन थापाको हस्ताक्षरको टिकटबाट चुनाव लड्नु चरम अनैतिक काम हुन्छ भन्ने मेरो विश्वासकम कारणले म चुनावमा लडिन। आज फेरि अधिवेशनको बारेमा ठ्याक्कै त्यही परिस्थित सृजना हुन गयो’ उनले भनेका छन्। उनले गगन थापा नेतृत्वको महाधिवेशन प्रक्रिया अगाडि बढाउने निरर्णय भए संगै विचाराधिन पुनरावलोनको मुद्दाको अन्तिम टुंगो नलागे सम्म महाधिवेशनको सबै प्रक्रिया रोकी पाउ भनी कानुनि प्रबन्ध बमोजिम सर्वोच्च अदालतमा रोक्काको निवेदन लिएर गयौ।’ उनले कांग्रेस एकताबद्ध बनाउन नसकेको स्वीकारेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)