जन्मसिद्ध नागरिकता खारेज गर्ने ट्रम्पको आदेशविरूद्ध २२ राज्यद्वारा मुद्दा दायर
ekantipur.com · Tue Jan 21 21:06:07 GMT 2025
मासाचुसेट्स — डेमोक्रेटिक राज्यका महान्यायाधिवक्ताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्मसिद्ध नागरिकता हटाउन खोज्ने कार्यकारी आदेश रोक्न माग गर्दै मंगलबार संघीय अदालतमा मुद्दा दायर गरेका छन् ।
सोमबार पदभार ग्रहण गरेलगत्तै ट्रम्पले अमेरिकामा गैरकानूनी रूपमा रहेका महिलाका सन्तान वा कानुनी रूपमा स्थायी बासिन्दा नभएकाहरूका सन्तानलाई राहदानी, नागरिकता प्रमाणपत्र र अन्य कागजात उपलब्ध नगराउन निर्देशन दिने आदेश जारी गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)