धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु
ratopati.com · Sun Sep 20 05:09:49 GMT 2026

धनकुटा । ताङ्खुवाबाट धनकुटा आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका– ३ बञ्चरेमा दुर्घटना हुँदा घटनास्थलमै एक जनाको मृत्यु भएको छ ।
धनकुटाका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीका अनुसार मृतकको परिचय खुलेको छैन । दुर्घटनाको अन्य विवरण पनि प्राप्त भएको छैन । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा परिचालन भएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)