देउवाले नटरेपछि कोइरालालाई फकाउँदै प्रचण्ड
barnanmedia.com · Tue Jan 21 22:01:03 GMT 2025

सरकार ढल्ने बताइरहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अब नयाँ बखेडामा लागेका छन्। यसअघि कांग्रेसबाट मन्त्री बन्न नपाएका र सभापति शेरबहादुर देउवा निकट रहेका नेताहरूलाई उचालिरहेका प्रचण्डको योजना सफल भएन। देउवा निकट रहेका एनपी सावद लगायतका नेताहरुले त गठबन्धनको अस्थित्व सकिएको सार्वजनिक रुपमै बताइरहेका थिए।
तर, कसैगरी प्रचण्डले देउवालाई फकाउन सकेनन्। कतिसम्म भने प्रचण्ड अहिले प्रधानमन्त्री मात्र होइन आधाभन्दा धेरे मन्त्रालय कांग्रेसले नै लेओस् तर जसरी पनि सरकार ढल्नुपर्छ भन्नेमा छन्। अहिले सभापति देउवाको बोली बोलिरहेका महामन्त्री गगन थापाले गठबन्धन सरकार ०८४ सम्म जाने र अहिलेका मन्त्रीको अवधि अझै डेढ वर्ष रहेको बताइसकेका छन्। त्यति मात्र होइन सरकारको पफमेन्स बढाउन कांग्रेस र एमालेको कोर टिम रहेको र काम गरिरहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)