नौ वर्षपछि दुई सय ४२ परिवारले पाए जग्गाधनी पुर्जा
gorkhapatraonline.com · Sun Sep 20 05:11:06 GMT 2026

नापजाँच सम्पन्न भएको नौ वर्षपछि धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ का २४२ परिवारले जग्गाधनी प्रमाणपुर्जा पाएका छन्। संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार उनीहरूलाई पुर्जा वितरण गरिएको हो।
साविक रमदैयाँ भवाडी गाउँपालिकाका वडा नं. १, ५ र ९ मा स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारको जग्गा नापजाँच २०७४ सालमै सम्पन्न भएको थियो। नापजाँच सकिए पनि कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा उनीहरू पुर्जाविहीन अवस्थामा थिए।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)