मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

म्याग्दी महोत्सवमा रु १० करोडको कारोबार

barnanmedia.com · Tue Jan 21 22:37:36 GMT 2025

काठमाडौँ, ९ माघः बेनीमा आयोजना भएको आठाँै म्याग्दी महोत्सव एवं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला, २०८१ मा रु १० करोड बराबरको कारोबार भएको जनाइएको छ ।

म्याग्दी उद्योग वाणिज्य सङ्घको आयोजनामा माघे सङ्क्रान्तिका अवसरमा गत पुुस २८ गतेदेखि यही माघ ८ गतेसम्म आयोजना भएको महोत्सवमा कूल दुई सय ३० वटा प्रदर्शनी कक्ष राखिएका थिए । महोत्सवमा एक लाखले अवलोकन गरेको र रु १० करोड बराबरको कारोबार भएको म्याग्दी उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)