मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्थानीय कर्मचारी हटाएर श्रीमतीलाई जागिर

rajdhanidaily.com · Tue Jan 21 23:07:31 GMT 2025

कालिकोट । जिल्ला कारागार कालिकोटका कार्यालय प्रमुख मानबहादुर विकले सुटुक्क आफ्नी श्रीमतीलाई जागिर लगाएको पाइएको छ । गत साउनदेखि कारागार कार्यालयमा रिक्त रहेको कार्यालय सहयोगी पदमा पदपूर्तिका लागि सूचना नै प्रकाशन नगरी कार्यालय प्रमुख विकले आफ्नी श्रीमती रीता विकलाई खुसुक्क करारमा नियुक्त गरेको पाइएको हो ।

पूर्वकार्यालय प्रमुख जेलर नरबहादुर सार्कीले २०७१ सालदेखि सोही कार्यालयमा काम गर्दै आएकी कार्यालय सहयोगी सरिता शाहीलाई हटाएपछि गत साउन महिनादेखि सो पद रिक्त रहेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)