आईएमई ग्रुपद्वारा पाथिभरामा केबलकार निर्माण सुरु
barnanmedia.com · Tue Jan 21 23:34:28 GMT 2025

,काठमाडौँ, ९ माघः ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार परियोजना निर्माण कार्य सुरु भएको छ। आईएमई ग्रुपको लगानीमा परियोजना मंगलबारबाट सुरु भएको हो।
हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले बटम स्टेसनबाट केबलकार निर्माणको कार्य सुरुवात भएको जानकारी दिए। ताप्लेजुङका राजनीतिक दलहरू, जनप्रतिनिधि र स्थानीयवासी, सरकारी निकाय सहित सुरक्षा निकाय समेतको सहयोग र समन्वयमा काम अघि बढेको केदेमले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)