पश्चिम सेती र सेती नदी ६ को सर्वेक्षण अनुमति एनएचपीसीलाई दिन देउवा र शर्मा आफै साक्षी
corporatenepal.com · Thu Aug 18 16:11:43 GMT 2022
काठमाडौं । पश्चिम सेती जलविद्युत् आयोजना र सेती नदी ६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र भारतीय कम्पनी एनएचपीसीलाई दिने सम्झौता भएको छ । उक्त सम्झौतामा हस्ताक्षरका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मा एक पाँचतारे होटलमा आफै उपस्थित भएका थिए ।
सात सय ५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको सेती नदी (एसआर) ६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र एनएचपीसीलाई दिइएको हो । समझदारीपत्रमा नेपालका तर्फबाट लगानी बोर्डका सीईओ सुशील भट्ट र भारतका तर्फबाट एनएचपीसीका अध्यक्ष तथा कार्यकारी निर्देशक अभयकुमार सिंहले हस्ताक्षर गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)