२० क्विन्टल गाँजासहित दुई जना पक्राउ
nepalnews.com · Sun Sep 20 05:28:53 GMT 2026

सप्तरी। नियमित गस्तीमा रहेको प्रहरी टोलीले सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुरबाट २० क्विन्टल गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आज बिहान भोला सदा र मङ्गल मुखियाको घर तलासी गरी सो परिमाणमा गाँजा बरामद गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। सदाको घरबाट ५६ र मुखियाको घरबाट आठ गरी ६४ पोका गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)