विपद् र महामारीमा पनि सिकाइ नरोक्ने सरकारको योजना
ratopati.com · Sun Sep 20 05:30:00 GMT 2026

काठमाडौँ । सरकारले भूकम्प, मनसुनी बाढी–पहिरो, महामारी तथा विविध दैनिक सुरक्षा जोखिमका कारण बर्सेनि हजारौँ बालबालिकाको सिकाइ अवरुद्ध हुने स्थिति अन्त्य गर्ने लक्ष्य राखेको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयले सन् २०३० सम्ममा नेपालका सबै विद्यालयलाई सुरक्षित र उत्थानशील बनाउन ‘बृहत् विद्यालय सुरक्षा गुरुयोजना, २०८२’ जारी गरेको हो । शिक्षा विभागले गुरुयोजना असोज १ गते वेबसाइटमार्फत् सार्वजनिक गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)