कांग्रेस विभाजनको अन्तिम डिलमा पुगेको पूर्णबहादुर खड्काको दाबी
kendrabindu.com · Sun Sep 20 05:26:18 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको गम्भीर अवस्थामा पुगेको बताएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले कुनै चमत्कार नभए कांग्रेस विभाजनको अन्तिम डिलमा पुग्ने अवस्था रहेको उल्लेख गरेका हुन्।
कांग्रेसभित्र दुई पक्षले १५औँ महाधिवेशनको मिति तोकेर समानान्तर गतिविधि अघि बढाइरहेका बेला खड्काले आफू कुनै पक्षमा नखुलेको स्पष्ट पारेका छन्। उनले सम्भावित पार्टी विभाजन रोक्न आफूले अन्तिम प्रयास गरिरहेको पनि बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)