मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनताको जीवनस्तर सुधार्ने गरी काम हुन सकेन

gorkhapatraonline.com · Sun Sep 20 05:27:35 GMT 2026

मुलुकमा राजनीतिक व्यवस्था परिवर्तन भए पनि त्यस अनुसार नागरिकको दैनिक जीवनमा अपेक्षित परिवर्तन आउन नसकेको दैलेखका सरोकारवालाले बताएका छन् । संविधान दिवसका अवसरमा शनिबार दैलेखमा आयोजना गरिएको कार्यक्रममा नेपालको संविधान २०७२ जारी भएपछि संविधानले नागरिकका मौलिक हक सुनिश्चित गरे पनि शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा संविधानको मर्म अनुसार काम हुन नसकेको उहाँहरूको भनाइ छ ।

नारायण नगरपालिका–६ का स्थानीय गणेशबहादुर शाहीले संविधानको शक्ति संविधानका अक्षरमा मात्र सीमित नभई नागरिकको दैनिक जीवनमा देखिनुपर्ने बताउनुभयो । उहाँले स्थानीय तह र प्रदेश सरकारको व्यवस्था गर्ने संविधान जारी भएको एक दशक पूरा भए पनि नागरिक सामान्य उपचारका लागि समेत ठुला सहर तथा जिल्लाबाहिर जानुपर्ने बाध्यता अझै कायमै भएको गुनासो गर्नुभयो । पहाडी क्षेत्रका नागरिकले समयमै उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य हुन नसकेको उहाँले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)