रारामा चौबिस हजारभन्दा बढी पर्यटक
gorkhapatraonline.com · Sun Sep 20 05:31:54 GMT 2026

प्रसिद्ध रारातालमा गत आर्थिक वर्षको असार मसान्तसम्म २४ हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । रारा राष्ट्रिय निकुञ्ज कार्यालय हुटुका अनुसार भ्रमण गर्ने पर्यटकमध्ये २४ हजार ६०४ जना आन्तरिक, १२६ जना सार्क मुलुकका र २०१ जना अन्य मुलुक गरी २४ हजार ९३१ पर्यटकले रारा भ्रमण गरेका हुन् ।
रारा राष्ट्रिय निकुञ्ज कार्यालय हुटुका वन संरक्षण अधिकृत विष्णुबाबु श्रेष्ठका अनुसार अघिल्लो आवको असार मसान्तसम्म २० हजार १९१ आन्तरिक तथा विदेशी पर्यटकले रारा भ्रमण गरेका थिए । अघिल्लो वर्षको तुलनामा गत आवमा पर्यटकको सङ्ख्या बढेको उहाँले बताउनुभयो । गत आवमा रारा आउने पर्यटकबाट प्रवेश शुल्क, डुङ्गा चढेको शुल्कलगायतबाट निकुञ्जले ८७ लाख नौ हजार ३६६ रुपियाँ राजस्व सङ्कलन गरेको छ । त्यसमध्ये पर्यटकबाट ४८ लाख २७ हजार ४७७ रुपियाँ र दण्ड जरिबाना, काठदाउरालगायतबाट नौ लाख ७१ हजार ४२९ रुपियाँ सङ्कलन भएको वन संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)