ममदानीले नेतन्याहू न्युयोर्क आए पक्राउ पर्नसक्ने भनेपछि...
nepalviews.com · Sun Jul 19 16:08:52 GMT 2026

काठमाडौं । अमेरिकाको न्युयोर्क सिटीका मेयर जोहरान ममदानीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सेप्टेम्बरमा संयुक्त राष्ट्र महासभामा सहभागी हुन न्युयोर्क आएमा उनको पक्राउको सम्भावनाबारे आफ्नो कार्यालयले अझै कानुनी अध्ययन गरिरहेको बताएका छन् ।
द न्युयोर्क टाइम्सको पोडकास्ट 'द इन्टरभ्यू'मा ममदानीले नेतन्याहूलाई पक्राउ गर्न सकिने वा नसकिने विषयमा आफ्नो कानुनी टोलीसँग सक्रिय रूपमा छलफल भइरहेको बताए । उनले मेयर पदको चुनावी अभियानका क्रममा पनि नेतन्याहूलाई पक्राउ गराउने प्रयास गर्ने वाचा गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)