फेरि देउवातिरै ढल्किए पूर्णबहादुर ! चमत्कार नभए पार्टी फुट्ने दाबी
nepalpress.com · Sun Sep 20 05:37:09 GMT 2026

काठमाडौं । कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले फेरि ढुन्मुनाएका छन् । उनको पछिल्लो अभिव्यक्तिले फेरि देउवा पक्षतिरै ढल्किएको छनक मिल्छ ।
पछिल्लो समयमा खड्का देउवा पक्षले गरिररहेका समानान्तर गतिविधिहरूबाट टाढा भएका थिए । उनले पार्टी फुटाउने वा समानान्तर महाधिवेशनको पक्षमा आफू नरहेको बताए । खड्काले अघि सारेको ८ बुँदे माग (सदस्यता, समायोजन आदि) संस्थापन पक्षले सम्बोधन गरेको भन्दै उनकै नजिकका दर्जनौँ नेता सानेपातर्फ लागे र १५औँ महाधिवेशनमा भाग लिने निर्णय गरे । खड्का आफैं भने रोकिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)