मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण

arthasansar.com · Sun Sep 20 05:37:55 GMT 2026

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल भदौ १० गते नुवाकोट, टिमुरे र रसुवामा गएको भिषण वाढीबाट पीडित नागरिकहरुका लागि नाडाले प्रदान गरेको विभिन्न किसिमका राहत सामग्रीहरु हस्तान्तरण गरेको छ । नाडाका कोषाध्यक्ष पंकज अग्रवाल तथा सहकोषाध्यक्ष निलमणी पाठकको नेतृत्वमा गएको नाडा प्रतिनिधिहरुले जिल्ला प्रशाशन कार्यालय नुवाकोटसँगको समन्वयमा जिल्ला समन्वय समितिको कार्यालय, नुवाकोटलाई राहत सामग्रीहरु औपचारिक रुपमा हस्तान्तर गरेको हो ।

यसै सन्दर्भमा मिति २०८३ भाद्र १८ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले माननीय अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.१० लाख रुपैया नगद सहयोग समेत उपलब्ध गराई सकेकोे छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)