नेपाली वायुयानलाई युरोपेली आकाशमा उडान अनुमति दिन ईयू सकारात्मक
lokaantar.com · Thu Nov 30 15:21:53 GMT 2023
नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईय ू ) सकारात्मक देखिएको छ । ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा काम गरे युरोपको आकाशमा नेपाली हवाईले उडान पाउने उल्लेख गरेको छ ।
पछिल्लो १० वर्षदेखि ईयूले नेपाली कम्पनीलाई युरोपेली आकाशमा उडाउन प्रतिबन्ध लगाएको छ । हवाई सुरक्षामा लापरबाही गर्ने गरेको आरोपमा नेपाली वायु यानलाई ईयूले कालोसूचीमा राखेको हो । क्यान नेतृत्वले पछिल्लो समय ईयूको कालोसूचीबाट हटाउन कोसिस गरिरहेको छ । त्यसैको फलस्वरुप ईय ू सकारात्मक देखिएको हो । ईयूले वर्तमान क्यान नेतृत्व र जनशक्तिलाई प्रशंसा समेत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)