पश्चिम नवलपरासीबाट ८० लाख बढिको मोबाइल पार्टस बरामद
nepalnews.com · Sun Sep 20 05:43:43 GMT 2026

नवलपरासी। सशस्त्र प्रहरी बलले पश्चिम नवलपरासीबाट ८० लाख रुपैयाँ भन्दा बढिको मोबाइल पार्टस बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सेमरीले हिजो राति करिब ११ः५५ बजे पश्चिम नवलपरासी बर्दघाट नगरपालिका–४ स्थित झाडीमा लुकाई छिपाई अबैध ढंगले राखेको सो सामान बरामद गरेको हो।
अबैध सामान झाडीमा लुकाइराखेको भन्ने बिशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सेमरीबाट सशस्त्र प्रहरी निरीक्षक जगनाथ पौडेलको कमाण्डमा गएको टोलीले खोजतलास गर्दा करिब ८० लाख ३० हजार रुपैंयाँ बराबरको मोबाइलका पार्टसहरु, मोबाइलको ब्याट्री, टेम्पर ग्लास, एअरबर्ड, स्मार्ट वाच र स्पिकरलागायतका सामान बरामद भएको हो । बरामद सामान आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)