रात्रिकालीन बस सेवा निःशुल्क गर्न चिरिबाबु महर्जनको प्रस्ताव
ratopati.com · Sun Sep 20 05:43:49 GMT 2026

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौँ उपत्यकामा सञ्चालन हुने रात्रिकालीन बस सेवा निःशुल्क गर्न प्रस्ताव गरेका छन्।
ललितपुरमा आयोजित काठमाडौँ उपत्यका रात्रिकालीन बस सेवा विस्तार कार्यक्रममा बोल्दै महर्जनले राति सार्वजनिक यातायात प्रयोग गर्ने श्रमिक तथा न्यून आय भएका वर्गलाई लक्षित गर्दै रात्रिकालीन बस सेवा निःशुल्क गर्नुपर्ने बताएका हुन् । उनले रात्रिकालीन बस सञ्चालनमा लाग्ने खर्च काठमाडौँ उपत्यकाका १८ वटै स्थानीय तहले मिलेर व्यहोर्नुपर्ने प्रस्ताव गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)