मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘संविधानले परिकल्पना गरेको समाज निर्माण आवश्यक’

gorkhapatraonline.com · Sun Sep 20 05:40:15 GMT 2026

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले संविधानले परिकल्पना गरे अनुसारको समाज निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ । संविधान दिवसका अवसरमा शनिबार शुभकामना सन्देश दिँदै उहाँले संविधानले परिकल्पना गरे अनुसारको समाज निर्माण गर्न आवश्यक रहेको बताउनुभएको हो । समावेशी, समतामूलक र समृद्ध समाज निर्माणका लागि सबै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र र राज्यका सबै तह तप्काबाट सबैले आआफ्ना तर्फबाट योगदान गर्न जरुरी रहेको मियाँको भनाइ थियो ।

“राष्ट्रिय लक्ष्य प्राप्तिका लागि समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइ, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र एवं राज्यका विभिन्न तहले आआफ्ना क्षेत्रबाट प्रतिबद्ध भई लाग्नुपर्ने छ”, प्रदेश प्रमुखले भन्नुभयो । उहाँले संविधानले परिकल्पना गरेको विविधताबिचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै आर्थिक समानता र समृद्धिमार्फत सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणमा सबै प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)