कराँतेमा नेपाललाई कम्तीमा दुई पदक पक्का
ratopati.com · Sun Sep 20 05:54:27 GMT 2026
काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालले कराँतेबाट कम्तीमा दुई पदक पक्का गरेको छ । पुरुष कुमितेतर्फ मीनबहादुर तामाङ र राकेश मानन्धरले आ–आफ्नो तौल समूहमा सेमिफाइनल यात्रा तय गरेसँगै नेपालले कम्तीमा दुई कांस्य पदक सुनिश्चित गरेको हो ।
मीनबहादुरले पुरुष ६० किलोमुनि तथा राकेशले ५५ किलो मुनी तौल समूहमा प्रतिस्पर्धा गरिरहेका छन् । दुवै खेलाडी सेमिफाइनलमा पुगेपछि उनीहरू स्वर्ण वा रजतका लागि समेत प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनलमा पराजित भए पनि दुवै खेलाडीले कांस्य पदक प्राप्त गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)