हिमताल संरक्षणको माग गर्दै मनास्लुमा अनसन बसेकाहरू बिरामी पर्न थाले
annapurnapost.com · Sun Sep 20 05:47:47 GMT 2026

गोरखा : जलवायु परिवर्तनबाट उत्पन्न दुस्प्रभाव तथा हिमतालबाट हुनसक्ने जोखिम न्यूनिकरण गर्न माग गर्दै सुरू गरिएको अनसन आइतबार तेस्रो दिन पनि जारी छ । पाँचहजार मिटर उचाइमा जीवन जोखिममा राखेर आमरण अनसन बसेको तीन दिन बितिसक्दा पनि माग सम्बोधन भने अझै भएको छैन ।
चुमनुब्री गाउँपालिका वडा नं.१ सामागाउँका १० र वडा नं. ७ का एक गरी ११ जनाले सुरू गरेको अनसन भारी हिमपातका बीच पनि निरन्तर रहेको टोलीको अगुवाइ गरिरहेका दावा नोर्बु लामाले जानकारी दिए । उनीहरू मनास्लु आधार शिविरभन्दा केही माथि समुद्री सतहबाट ५ हजार ३० मिटर उचाइमा अनसन बसिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)