मलेसियाको एफडब्लूसीएमएस प्रकरण : २५ म्यानपावर कम्पनीमाथि छानबिन सुरु
annapurnapost.com · Sun Sep 20 05:55:39 GMT 2026

काठमाडौं : वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस)मा मुख्य कम्पनीका रूपमा सूचीकृत २५ वटा म्यानपावर कम्पनीहरूसँग व्यावसायिक तथा वित्तीय विवरण माग गरेको छ। विभागले भदौ ३१ गते पत्र काट्दै ती कम्पनीहरूलाई पछिल्ला ५ आर्थिक वर्षसहितको सम्पूर्ण आर्थिक कारोबारको विवरण बुझाउन निर्देशन दिएको हो।
नेपालबाट मलेसिया जाने श्रमिक आपूर्तिको प्रक्रियामा मलेसियन सरकारको एफडब्लूसीएमएसले चालेको पछिल्लो कदमका कारण वैदेशिक रोजगार क्षेत्र प्रत्यक्ष प्रभावित भएको छ। एफडब्लुसीएमएसले सुरुमा सूचीकृत गरेका २५ वटा मुख्य म्यानपावर कम्पनी मातहत रहने गरी थप २५० वटा सब–एजेन्ट वा सहायक संस्थाका रूपमा म्यानपावर कम्पनीहरू थपेको थियो। एउटा म्यानपावरअन्तर्गत अन्य १० वटा म्यानपावर रहने गरी मलेसिया सरकारले कामदार आपूर्तिको स्वीकृति दिएको थियो, जबकि नेपालमा हाल १ हजार १ सय ६ वटा इजाजतपत्र प्राप्त वैदेशिक रोजगार व्यवसायीहरू सञ्चालनमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)