समाजका जीवित इतिहास: एक सय आठ वर्षीय भौना डगौरा
ratopati.com · Fri Dec 26 17:51:10 GMT 2025

कञ्चनपुर । समाजमा ज्येष्ठ नागरिक केवल उमेरले पाका व्यक्तिमात्र होइनन् । उनीहरू अनुभवका खानी र इतिहासका जीवित साक्षी पनि हुन् । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीका १०८ वर्षीय भौना डगौरा यसको एउटा ज्वलन्त उदाहरण हुन । विसं १९७४ मा जन्मिएका डगौराले नेपालको राजनीतिक र सामाजिक परिवर्तनका धेरै उतारचढावलाई नजिकबाट नियालेका छन् ।
शुक्रबार राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुक्लाफाँटा नगरपालिकाका उपप्रमुख कल्पना पन्तले डगौराको घरमै पुगेर उनलाई सम्मान गरिन् । सम्मान प्राप्त गरेपछि उनी निकै उत्साहित देखिन्थे । नगरपालिकाकै सबैभन्दा बढी उमेर पुगेका नागरिकका रूपमा सम्मानित हुन पाउँदा उनले ‘नगरमा जनप्रतिनिधि भएको अनुभूति’ भएको प्रतिक्रिया दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)