विपदमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह
nepalnews.com · Sun Sep 20 06:06:46 GMT 2026

काठमाडौं। नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपतकालीन अवस्थामा शिशुहरूको पोषण र स्वास्थ्य सुरक्षाका लागि आमाको दूध नै सर्वोत्तम र सुरक्षित आहार भएकाले विकल्प नखोज्न अनुरोध गरेको छ।
सोसाइटीले आपतकालीन अवस्थामा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको प्रयोग सम्बन्धमा स्तनपान गराउनै नसकिने केही विशेष र संवेदनशील परिस्थितिहरूमा मात्र स्वास्थ्यकर्मीको सुझावमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु प्रयोग गर्न सकिने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)