गोरखामा असोज ५ गतेदेखि एचपीभी खोप अभियान
gorkhapatraonline.com · Sun Sep 20 06:06:07 GMT 2026

गोरखामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान असोज ५ गतेदेखि सुरु हुने भएको छ । कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय नजाने १० वर्षसम्मका किशोरीलाई लक्षित गरी जिल्लाभर अभियान सञ्चालन गर्न लागिएको प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
असोज ५ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने अभियानमा गोरखाका १६८ वटा विद्यालयका एक हजार ७५३ जना किशोरीलाई एचपीभी खोप लगाउने लक्ष्य राखिएको प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)