मेची-महाकाली पैदल यात्रा गर्दै जनताको आवाज सुन्ने अमरेश सिंहको तयारी
kalakarmi.com · Sun Sep 20 06:07:28 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहार भइरहेको बताएका छन् ।
आइतवार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मेचीदेखि महाकालीसम्म पैदल यात्रा गर्नेबारे जानकारी दिने क्रममा सांसद सिंहले संविधानमाथि प्रहार भइरहेको जानकारी दिए । उनले अहिलेको संविधान कुनै कारणबस गयो भने आगामी १० वर्षसम्म पुनः संविधान नबन्ने दावी गरे । उनले देश गृहयुद्धमा जाने र मधेशले केही पनि नपाउने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)